Pura Samachar

मुख्यमन्त्रीले गरे सिङ्दा दामको भ्रमण

प्रकाशित: April 21, 2023
पूरा समाचार

मुख्यमन्त्रीले गरे सिङ्दा दामको भ्रमण

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले हिजो इम्फाल स्थित सिङ्दा दाम भ्रमण गर्दै त्यसको वरिपरिका वासिन्दाहरूलाई दामको पानी लेवल समेत बनाइ राख्ने कुरा गरेका छन । 
प्रेसले प्राप्त गरेको समाचार अनुसार श्री विरेनले आफ्नो विभिन्न बिभागीय अधिकारी लगायत त्यस एरियाका अधिकांस गन्यमान्य ब्यक्तिहरूको बाक्लो उपस्थिति रहेको बताएको छ ।
आफ्नो सानो सम्बोधनमा उनले भने कि आज संसारमा पानीको अभाव चलि रहेको समयमा हामीले पानी बचाउन आवस्यक छ ।
उनले अगाडि थपे कि सरकारको सक्दो प्रयास जनतालाई सुविधा दिनु र जीवनयापन सजिलो बनाउनु हो ।

प्रतिक्रिया