Pura Samachar

राष्ट्रिय योजना आयोगको सदस्यमा तीनजना नियुक्त

प्रकाशित: April 22, 2023
पूरा समाचार

राष्ट्रिय योजना आयोगको सदस्यमा तीनजना नियुक्त

काठमाडौँ — राष्ट्रिय योजना आयोगको सदस्यमा तीनजनालाई नियुक्त गरिएको छ । सरकारले राष्ट्रिय योजना आयोजको सदस्यमा रमेशचन्द्र पौडेल, आरपी विच्छा र प्रभु बुढाथोकीलाई नियुक्त गरेको हो ।

आयोगको सदस्यमा नियुक्त पौडेल त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका छन् । स्वास्थ्य क्षेत्रमा लामो समय काम गर्दै आएका प्रा.डा. विच्छा र पौडेलले शपथ ग्रहण गरेका छन् । बुढाथोकी भने काठमाडौं बाहिर भएकाले शपथ हुन नसकेको योजना आयोगले जनाएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मिनबहादुर श्रेष्ठलाई यस अघि नै नियुक्त गरिसकेको छ ।

सरकारले यस अघि नै डा. रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई पनि योजना आयोगको सदस्यमा नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया