Pura Samachar

सहिद स्मारक ‘ए’ डिभिजन लिग:आज दुई खेल हुँदै

प्रकाशित: April 23, 2023
पूरा समाचार

सहिद स्मारक ‘ए’ डिभिजन लिग:आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछ।

लिगको ११ औं चरण अन्तर्गत आइतबार दुई खेलहरु हुँदैछ ।  जसमा एक दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा संकटा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र थ्री स्टारबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

संकटा आज पाँचौं जितको योजनामा हुनेछ । संकटा १० खेलमा १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

थ्री स्टार छैटौं जितको खोजीमा हुनेछ । थ्री स्टार १० खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । हिमालयन र सातदोबाटोबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

हिमालयन आज तेस्रो जितको खोजीमा हुनेछ । हिमालयन १० खेलमा ९ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

सातदोबाटो छैटौं जित निकाल्न चाहन्छ । सातदोबाटो १० खेलमा १७  अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया