
काठमाडाैं । मोदी इनर्जीले सर्वसाधारणका लागी आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाइ आइपीओ बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागी आइपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने ७२ लाख ५० हजार कित्ता आइपीओ प्रतिकित्ता १०० रुपैयाँको दरले जारी गर्न लागेको हो । जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ भने ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।
आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘आइआरएन डबल बी प्लास रेटिङ’ प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल रहेको छ ।
प्रतिक्रिया