Pura Samachar

बैंगलोरले राजस्थान रोयल्सलाई ७ रनले हरायाे

प्रकाशित: April 23, 2023
पूरा समाचार

बैंगलोरले राजस्थान रोयल्सलाई ७ रनले हरायाे

काठमाडौँ । इण्डियन्स प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ७ रनले पराजित गरेको छ । बैंगलोरले दिएको १९० रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गमाउँदै १८२ रन बनायो ।
राजस्थानका लागि देवदत्त पडिकलले ५२, यासहसवी जयसवाल ४७, धुर्व जुरेल अविजित ३४ र सन्जु सेमसनले २२ रन बनाए ।
बैंगलोरका लागि बलर हर्सल पटेलले ३ विकेट लिए । यस्तै महोम्मद सिराज र डेभिड वीलीले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाउदै १८९ रन बनाएको थियो ।
बैंगलोरका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ७७ रन बनाए भने फाफ डु प्लेसिसले ६२ रन बनाएका थिए ।
त्यस्तै दिनेश कार्तिकले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । यस खेलमा कप्तानी गरिरहेका विराट कोहली पहिलो बलमै शुन्यमा आउट भएका थिए ।
त्यस्तै राजस्थानका बलर ट्रेन्ट बोल्ट र सन्दीप शर्माले २–२ विकेट लिए भने आर आश्विन र युजवेन्द्र चहलले एक एक विकेट लिए ।
जारी आइपिएलमा बैंगलोरले अहिलेसम्म ७ खेलमा ४ जित र ३ हारसहित ८ अंक बटुलेको छ भने राजस्थानले समान ७ खेलमा ४ जितसहित ८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया