Pura Samachar

राज्यपाल तथा मुख्यमन्त्रीले दिए सहीदहरूलाई तर्पन

प्रकाशित: April 24, 2023
पूरा समाचार

राज्यपाल तथा मुख्यमन्त्रीले दिए सहीदहरूलाई तर्पन

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपूर राज्यले हिजो सन् 1891 को खोङजोमको लडाइँमा सहिद भएका वीरहरूलाई खोङजोम नदीमा तर्पन दिएको समाचार छ ।
प्रेसले प्राप्त गरेको समाचार अनुसार यस समारोहमा महामहिम राज्यपाल अनुसुयाले भनिन कि मणिपूरको इतिहासमा खोङजोमको लडाइँलाई भूल्न सकिन्न ।
उनले अगाडि भनिन कि सन् 1891 को अङ्लो -मणिपूरी वारमा धेरैले आफ्नो ज्यानको बलि चदाए ।त्यसको फलस्वरूप आज राज्य बचेको छ ।
मुख्यमन्त्री एन बिरेनले भने कि हामीले हाम्रो सहिदहरूलाई भुल्नु हुदैन ।
यस अवसरमा राज्यपाल तथा मुख्यमन्त्रीले खोङजोम नदीमा सहिदहरूलाई तर्पन दिए।

प्रतिक्रिया