Pura Samachar

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त

प्रकाशित: April 25, 2023
पूरा समाचार

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सभामुखले संसदलाई जानकारी गराउने भएका छन् ।

मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।

कुनैपनि दलबाट निर्वाचित सदस्यलाई उक्त पार्टीले निष्कासन गरेपछि सांसदको पद रिक्त हुने व्यवस्था राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ मा उल्लेख छ । यसरी दलले गरेको कारवाहीको सूचना सभामुखले प्रतिनिधि सभा बैठकमा सुनाउनुपर्नेछ ।

श्रेष्ठ रास्वपामा समानुपातिक कोटाबाट सांसद भएका हुन् । उनको ठाउँमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया