Pura Samachar

मलेसिया कतारमाथि ३ विकेटको जित हासिल

प्रकाशित: April 25, 2023
पूरा समाचार

मलेसिया कतारमाथि ३ विकेटको जित हासिल

काठमाडौं । सैयद अजिजको उत्कृष्ट ब्याटिङप्रेरित मलेसियाले एसीसी प्रिमियर कप अन्तर्गत मंगबार सम्पन्न समूह ‘ए’ को खेलमा कतारमाथि ३ विकेटको जित निकालेको छ ।

यससँगै मलेसियाले ४ खेलमा २ जित र २ हारको नतिजासहित ४ अंक जोडेकाे छ । तीनै  खेलमा पराजय ब्यहोरेको कतारले अंकको खाता खोल्न सकेको छैन ।

मुलपानी क्रिकेट मैदानमा कतारले प्रस्तुत गरेको दुई सय १६ रनको लक्ष्य मलेसियाले ३४.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

मलेसियाका लागि अजिजले ६ट बलमा ६ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८० रन बनाए । यसैगरी कप्तान अहमद फैजले ३३, खिजर हायाले अविजित २५, मोहम्मद सैयहदतले २२, विजय उन्नीले २० तथा फित्री शमले १२ रन जोडे ।

पाँचौं विकेटका लागि अजिज र सैयहदतले ८६ रनको साझेदारी गरेका थिए ।

कतारका लागि इक्रमुल्लाह खान र मोहम्मद निदमले समान २ तथा मोहम्मद तानवीर र जाहिर इब्राहिमले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको कतारले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै दुई सय १५ रनको योगफल तयार पारेको थियो ।

वर्षाका कारण मैदान ओसिलो भएपछि टसमा ढिलाइ हुँदा खेललाई ३५ ओभरमा झारिएको हो ।

कतारका लागि इमल लियान्गेले ६८ बलमा ७ चौकको मद्दतमा सर्वाधिक ५६ रन बनाए । यसैगरी खुर्रम शेहजादले ४१, इक्रमुल्लाह खानले ३९, मोहम्मद तनवीरले २६, जाहिर इब्राहिमले १२ र कमरन खानले १२ रन जोडे ।

छैटौं विकेटका लागि खुर्रम र इक्रमुल्लाहले ७१ तथा तेस्रो विकेटका लागि इमल र मोहम्मदले ६४ रनको साझेदारी गरे ।

मलेसियाका लागि रिजवान हैदर र मोहम्मद वाफिकले समान २ तथा विजय उन्नी, खिजर हायात र वीरनदिप सिंहले समान एक विकेट लिए ।

प्रतिक्रिया