Pura Samachar

सहिद स्मारक ‘ए’ डिभिजन लिग:आज तीन खेल हुँदै

प्रकाशित: April 26, 2023
पूरा समाचार

सहिद स्मारक ‘ए’ डिभिजन लिग:आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् ।

लिगको १२ औं चरण अन्तर्गत बुधबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

थ्री स्टार आज सातौं जितको योजनामा हुनेछ । थ्री स्टार ११ खेलमा २१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

मछिन्द्र पाँचौं जितको खोजीमा हुनेछ । मछिन्द्र ११ खेलमा १६ अंक जोडेर सातौं  स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र जावलाखेलबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

हिमालयन आज तेस्रो जित निकाल्न चाहन्छ । हिमालयन ११ खेलमा १० अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

जावलाखेल आठौं जितको योजनामा हुनेछ ।  जावलाखेल ११ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै च्यासल मैदानमा सातदोबाटो युथ क्लब र संकटा क्लबबीच खेल हुनेछ । सातदोबाटो र संकटाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सातदोबाटो छैटौं जितको खोजीमा हुनेछ । सातदोबाटो ११ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

संकटा पाँचौं जित निकाल्न चाहन्छ । संकटा ११ खेलमा १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया