Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: April 27, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं। सुनको मूल्य बिहीबार घटेको छ।अघिल्लो दिनको तुलनामा सुन एक सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँमा स्थिर छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १४ सय १५ रुपैयाँ थियो।

बिहेको सिजन नजिकिएकोले बजारमा सुनको चाँदीको कारोबारमा सुधार देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। एक महिनादेखि सुनको मूल्य महङ्गिएपछि कारोबारमा कमी आएको थियो।

अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १९९९.७६ डलर र चाँदी प्रतिऔंस २५.८ डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया