
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब बराबरीमा रोकिएको छ।
एन्फा कम्प्लेक्समा आइतबार जावलाखेलले संकटा क्लबसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेलले अंक बाड्नु परेको हो ।
फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७३ औं मिनेटमा निशान खड्काले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
संकटा र जावलाखेलबीच ५१ मिनेटपछिको खेल आइतबार भएको हो ।
शनिबार च्यासल मैदानमा भारी वर्षा र चट्याङको कारण संकटा र जावलाखेलबीचको खेल स्थगित भएको थियो ।
यस बराबरीसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोड छ।
प्रतिक्रिया