Pura Samachar

मुम्बई इन्डियन्सकाे नाटकीय जित

प्रकाशित: May 1, 2023
पूरा समाचार

मुम्बई इन्डियन्सकाे नाटकीय जित

मुम्बई — इन्डियन प्रिमियर लिगको ऐतिहासिक हजारौं खेलमा मुम्बई इन्डियन्सले आइतबार नाटकीय जित निकालेको छ । टिम डेविभडले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेपछि मुम्बईले राजस्थान रोयल्सलाई छ विकेटले पराजित गर्‍यो ।

अस्ट्रेलियाली डाभिडले १४ बलमा ४५ रन बनाए र मुम्बईले १९.३ ओभरमा चार विकेट गुमाएर २ सय १४ रन बनायो । त्यस अगाडि राजस्थानले ओपनर यशस्वी जयसवालको १ सय २४ रनको मदतले सात विकेटमा २ सय १२ रन बनाएको थियो ।

‘प्लेयर अफ द म्याच’ जयसवालले १६ चौका र आठ छक्का प्रहार गरे । तर उनको प्रदर्शन पनि रोजस्थानलाई जित दिलाउन पर्याप्त रहेन् । यो जितपछि मुम्बईको आठ अंक भएको छ । राजस्थानको १० अंक छ ।

प्रतिक्रिया