Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: May 1, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीकाे मूल्य स्थिर रहेकाे छ।

गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भएको छ।

 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया