Pura Samachar

पुल भासिएसँगै पृथ्वी राजमार्ग दुईतर्फी बन्द

प्रकाशित: May 1, 2023
पूरा समाचार

पुल भासिएसँगै पृथ्वी राजमार्ग दुईतर्फी बन्द

काठमाडौं – धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पुल भासिएको छ । पुल भासिएसँगै पृथ्वी राजमार्ग दुईतर्फी बन्द भएको छ ।

वर्षापछि गणेशखोलामाथिको पुल भासिएको हो । त्यससँगै सोमबार दिउँसोदेखि राजमार्ग बन्द भएको छ ।

राजमार्ग बन्द हुँदा काठमाडौं आउने र काठमाडौंबाट पूर्वपश्चिम जाने सवारीसाधनको सडकमा लामो लाइन लागेको छ ।

प्रतिक्रिया