Pura Samachar

सहिद स्मारक ‘ए’ डिभिजन लिग: दोस्रो लेगका खेलहरू आजबाट सुरु हुँदै,

प्रकाशित: May 2, 2023
पूरा समाचार

सहिद स्मारक ‘ए’ डिभिजन लिग:  दोस्रो लेगका खेलहरू आजबाट सुरु हुँदै,

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०२३ अन्तर्गत दोस्रो लेगका खेलहरू आज मंगलबारबाट सुरु हुँदैछ

लिगको दोस्रो लेग अन्तर्गत मंगलबार दुई खेलहरु सुरु हुँदैछन् । जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शीर्ष स्थानको जावलाखेल युथ क्लब र पुछारको नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र पुलिसबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

जावलाखेल आज आठौं जित निकाल्न चाहन्छ । जावलाखेल १३ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

पुलिस चौंथो जित निकाल्न चाहन्छ । पुलिस १३ खेलमा १२ अंक जोडेर पुछारमा रहेको छ ।

यस्तै च्यासल मैदानमा दोस्रो स्थानको थ्री स्टार क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र खुमलटारबीचको दिउँसो ३ बजे सुरु हुनेछ ।

थ्री स्टार सातौं स्थानको खोजीमा रहेको छ । थ्री स्टार १३ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

खुमलटार पाँचौं जित निकाल्न चाहन्छ । खुमलटार १३ खेलमा १३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया