Pura Samachar

नेपाल पुलिस क्लबकाे जावलाखेल युथ क्लबमाथि २-१ को रोमाञ्चक जित ,एफसी खुमलटारसँग थ्री स्टार २-२ को बराबरीमा

प्रकाशित: May 2, 2023
पूरा समाचार

नेपाल पुलिस क्लबकाे जावलाखेल युथ क्लबमाथि २-१ को रोमाञ्चक जित ,एफसी खुमलटारसँग थ्री स्टार २-२ को बराबरीमा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानको जावलाखेल युथ क्लबमाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

यस जितसँगै १४ खेलमा १५ अंक जोडेर १२ औं स्थानमा उक्लिएको पुलिस पहिलो पटक रेलिगेसन क्षेत्रबाट बाहिर आएको छ । पराजय ब्यहोरेको जावालाखेल समान खेलमा २४ अंकका साथ शीर्ष स्थानमा कायमै छ ।

सातदोबाटोस्थित एन्फा कम्पेक्समा मंगलबार सम्पन्न खेलमा पुलिसलाई जित दिलाउन मोसेस र अहमद हिजाजीले समान १ गोल गरे । जावलाखेलका लागि विपिन कँडेलले १ गोल फर्काए ।

खेलको ३४औं मिनेटमा मोसेसको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । मोसेसले अजित भण्डारीको फ्रिकिकलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

८८ औं मिनेटमा अहमदले पुलिसको अग्रता दोब्बर बनाए । अहमदले मोहम्मद आसिकको थ्रु बललाई नियन्त्रणमा लिँदै उकृष्ट गोल गरे ।

८९औं मिनेटमा विपिनले गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा पुलिसले २-१ को रोमाञ्चक जित निकालेको हो ।                                     एफसी खुमटारसँग खुमलटारसँग २-२ को बराबरीमा रोकिएपछि थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

यस बराबरीसँगै थ्री स्टार १४ खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलमा १४ अंक जोडेको खुमलटार पुछारमा छ ।

च्यासल मैदानमा मंगलबार थ्री स्टारका लागि लाकेन लिम्बु र आदित्य शाक्यले गोल समान १ गरे । खुमटारका लागि मेसोके ओलोमोउ र स्टेफन विनाङले समान १ गोल गरे ।

खेलको चौंथो मिनेटमा लाकेनको गोलबाट थ्री स्टारले अग्रता लिएको थियो । लाकेनले आदित्य शाक्यको हेडर पासलाई हेडमार्फत नै पोस्टको दिशा दिएका हुन् ।

पहिलो हाफको इन्जुरी समयमा मेसोकेले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याए ।

५०औं मिनेटमा स्टेफनले गोल गर्दै खुमलटारलाई २-१ को अग्रता दिलाए । स्टेफनले मेसोकोको थ्रु बललाई नियान्त्रणमा लिँदै थ्री स्टारका रक्षक र गोकिपरलाई बिट गर्दै पोस्टको दिशा दिएका थिए ।

६७औं मिनेटमा आदित्य शाक्यले पेनाल्टीमार्फत गोल गर्दै थ्री स्टारलाई २-२ को बराबरीमा ल्याए।

 

प्रतिक्रिया