Pura Samachar

सुनचाँदीको मूल्य बढयाे

प्रकाशित: May 3, 2023
पूरा समाचार

सुनचाँदीको मूल्य बढयाे

काठमाडौं- बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला एक हजार ८ सय र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको हो।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चार सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया