
-डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूर राज्यमा धेरै भन्दा धेरै बाहिरको नागरिकहरूको अनुप्रवेसले गर्दा बढेको समस्याको बीचमा सरकार ले नीग्रानीको लागि हालमा मोबाईल वेनको सरुवात गरेको समाचार छ ।

प्राप्त समाचार अनुसार समारोहमा बोल्दै मुख्यमन्त्री एन विरेनले भने कि विशेषगरी बाङ्लादेश बर्मा र भुटान देखी प्रवेश गरेर यहाँको रैथाने बन्ने कुराले गर्दा हामीले सो पाइला चालेको हो ।
मुख्य अतिथिको रूपमा उपस्थित भएका बिरेनले बताए कि केन्द्र सरकार द्वारा दिएको दिसा निर्देश अनुसार हामीले यो कार्य गरेको हो ।
उनले अगाडी थपे कि दुई क्यामेरा भएको सो वेनले आईएलपी संबंधित कतिपय जानकारी गराउने तथा समयावधि बडाउने कार्य समेत गर्ने छ ।
यस अवसरमा राज्यका विभिन्न स्थानका व्यक्तिहरूको बाक्लो सहभागिता थियो ।
प्रतिक्रिया