Pura Samachar

आईपीएलमा आज एक खेल हुदै,गुजरात र राजस्थानबिचहुने

प्रकाशित: May 5, 2023
पूरा समाचार

आईपीएलमा आज  एक खेल हुदै,गुजरात र राजस्थानबिचहुने

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)मा आज शुक्रबार एक खेल हुदैछ ।

राजस्थानको घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।

गुजरात टाईटन्स पछिल्लो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो । गुजरात नौ खेलमा छ जित र तीन हारका साथ शीर्ष स्थानमा रहेको छ ।

राजस्थान पछिल्लो खेलमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो । राजस्थान नौ खेलमा पाँच जित र चार हारका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

यि दुई टोलीबीच भएको कुल चार खेलमा गुजरात बलियो देखिएको छ । चार खेलमा तीन पटक गुजरात तथा एकमा राजस्थान विजयी भएको छ ।

यो सिजन दुई टोली दोस्रो पटक खेल्दै छन् । यस सिजन दुई टोलीबीचको पहिलो भेटमा राजस्थान ३ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया