Pura Samachar

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरे

प्रकाशित: May 7, 2023
पूरा समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा हुनेछ ।

कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी आचार्यलाई  प्रधानमन्त्री प्रचण्डले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन् ।

हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण वा खानेपानी मध्ये एक मन्त्रालयको जिम्मा दिइने छ । खानेपानी र वन मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हाल्दै आएका छन् ।आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।

आचार्य थपिएसँगै सरकारमा कांग्रेसका मन्त्री नौ जना भएका छन् । आचार्यलाई शेखर गगन  पक्षले यसअघि नै मन्त्री बनाउन चाहेको थियो । तर देउवाले पेलेरै जम्मा दुई जनालाई मात्रै मन्त्री बनाएका थिए । फेरि विवाद भएपछि आचार्य थपिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नआउने भएपछि त्यसले पनि सहज भएको छ ।

प्रतिक्रिया