उनीहरूले विभिन्न समयमा नक्कली कागजात र ठेगाना विवरण पेश गरी तराईका विभिन्न जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले बताए । अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरूले विभिन्नमा नागरिकता बनाउने टोली स्थलगत रुपमा खटिएको समयमा नक्कली विवरण पेश गरी नागरिकता लिएको बुझिएको छ । उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगायत समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले जिल्ला प्रशासन कार्यालय रूपन्देही, बारा, पर्सालगायतबाट जारी गरेको नागरिकता लिएका थिए ।













प्रतिक्रिया