
जयपुर — अब्दुल समदले अन्तिम बलमा छक्का प्रहार गरेपछि सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सलाई चार विकेटले पराजित गरेको छ । हैदराबादले यसक्रममा २ सय १५ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको हो ।
अन्तिम ओभरमा जितका लागि १७ रन चाहिएकोमा सन्दीप शर्माको पहिलो बलमै समदको क्याच छाडिएको थियो । छैटौं बलमा पनि समदको क्याच लिइएको थियो, तर त्यो नो बल रह्यो । यस्तोमा अन्तिम बलमा चार रन आवश्यक थियो ।
त्यसमै समदले विशाल छक्का प्रहार गरे । त्यसको मदतले हैदारबादले छ विकेटमा २ सय १७ रन बनायो । त्यस अगाडि राजस्थानले दुई विकेटमा २ सय १४ रन बनाएको थियो ।
प्रतिक्रिया