
काठमाडौं। साताको तेस्रो दिन सुनको मूल्यमा ३ सयको बढोत्तरी छ। मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको पहिलो दिनका तुलनामा दोस्रो दिन पनि तोलामा ३ सय बढेर कारोबार मूल्य निर्धारण भएको थियो। गत साताको अन्तिम दिनका तुलनामा १२ सय घटेर आइतबार प्रतितोला १ लाख १० हजार ६ सय भएको थियो। तीन दिनमा सुन तोलामा ६ सय रुपैयाँ बढेको छ।
चाँदीको मूल्य गत शुक्रबारदेखि नै स्थिर छ। गत बिहीबारका तुलनामा २० रुपैयाँ बढेर शुक्रबार प्रतितोला १४ सय ४५ रुपैयाँ भएको थियो। साताको तेस्रो दिन पनि उक्त मूल्यमा घटबढ छैन।
अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंस २०२३.२ डलरमा कारोबार भएको सुन मंगलबार २०२७.१७ डलर छ। गत आइतबार घटेर प्रतिऔंस २०१६.८७ डलरले कारोबार भएको थियो।
सोमबार प्रतिऔंस २५.७२ डलर चलेको चाँदी मंगलबार घट्दै २५.५८ डलरले कारोबार भइरहेको छ। गत आइतबार २५.५६ डलर थियो।
प्रतिक्रिया