Pura Samachar

मुम्बई इण्डियन्स् र रोयल्स च्यालेञ्जर्स ब्याङ्गलोर आमने–सामने हुँदै

प्रकाशित: May 9, 2023
पूरा समाचार

मुम्बई इण्डियन्स् र रोयल्स च्यालेञ्जर्स ब्याङ्गलोर आमने–सामने हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणको ५४ औं खेलमा आज (मंगलबार) मुम्बई इण्डियन्स् र रोयल्स च्यालेञ्जर्स ब्याङ्गलोर आमने–सामने हुँदैछन् । खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७ः४५ बजेबाट शुरु हुनेछ ।

ब्याङ्गलोरले वान्खेडेमा मुम्बईसँग लगातार तीन खेलमा हार बेहोरेको छ । यस्तो अवस्थामा उसको यो खेलमा हारको क्रम तोड्ने प्रयास हुनेछ ।

यसअघि जारी आईपीएलको पहिलो भेटमा ब्याङ्गलोरले मुम्बईमाथि जित निकालेको थियो ।

यस मैदानमा ब्याङ्गलोरले अन्तिमपटक सन् २०१५ मा जित हासिल गरेको थियो । दुई टोलीबीच वानखेडेमा अहिलेसम्म जम्मा ८ खेल भइसकेका छन् । जसमध्ये मुम्बईले ५ जित हात पारेको छ भने ब्याङ्गलोरले तीन खेल मात्रै जित्न सकेको छ ।

मुम्बईले यो सिजन अहिलेसम्म खेलेका १० खेलमध्ये ५ जित र ५ हारेको छ । टोलीको १० अंक छ ।

ब्याङ्गलोरविरुद्धको टोलीका ४ विदेशी खेलाडी क्यामरन ग्रीन, ट्रिस्टन स्टब्स, टिम डेभिड र जोफ्रा आर्चर हुन सक्छन् । यी बाहेक सूर्यकुमार यादव, इशान किशन र पियुष चावला जस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

ब्याङ्गलोरले यो सिजन अहिलेसम्म खेलेका १० खेलमध्ये ५ जित र ५ हारेको छ । टोलीको १० अंक छ ।

फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, भानिन्दु हसरंगा र जोस हेजलवुड मुम्बईविरुद्धको टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक विराट कोहली, मोहम्मद सिराज र महिपाल लोमर जस्ता खेलाडी बलियो भएर खेलिरहेका छन् ।

मुम्बई इन्डियन्सले पाँच पटक उपाधि जितेको छ । जबकि ब्याङ्गलोरले अहिलेसम्म सफलता पाउन सकेको छैन ।

समग्रमा हेड टु हेडको कुरा गर्दा दुवै टोलीले ३१ पटक एकअर्काविरुद्ध खेलेका छन् जसमा मुम्बईले १७ पटक जितेको छ भने ब्याङ्गलोरले १४ पटक जितेको छ ।

प्रतिक्रिया