Pura Samachar

जावलाखेल युथ क्लब शीर्ष स्थानमा

प्रकाशित: May 10, 2023
पूरा समाचार

जावलाखेल युथ क्लब शीर्ष स्थानमा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार दशरथ रंगशालामा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराएको हो ।जावलाखेलको जितमा शेर्पाका अमृत श्रेष्ठले २४ औं मिनेटमा गरेको आत्मघाति गोल निर्णायक बन्यो ।

जित सहित जावलाखेल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जावलाखेल र चर्च ब्वाईजको समान २७ अंक भएको छ ।

हेड टू हेडका आधारमा जावलाखेलले शीर्ष स्थान कब्जा गरेको हो । पहिलो लेगमा जावलाखेलले चर्च ब्वाईजलाई १–० गोल अन्तरले हराएको थियो ।

शेर्पाले १५ खेलबाट २१ अंक जोडेको छ ।

प्रतिक्रिया