
इण्डियन प्रिमियर लिग (आईपीएल) मा घरेलु टोलि मुम्बई इण्डियन्सले रोयल च्यालेञ्जर्स ब्याङ्गलोरमाथि ६ विकेटको फराकिलो जित निकालेको छ ।
मुम्बईको वान्खेडे स्टेडियममा मंगलबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको ब्याङ्गलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९९ रनको विशाल योगफल खडा गरेको थियो ।
उसका लागि कप्तान फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेल दुबैले अर्धशतकिय पारी खेलेका थिए । फाफले ४१ बलमा ६५ र म्याक्सवेलले ३३ बलमा ८६ रनको शानदार पारी खेल्दै ब्याङ्गलोरको विशाल योगफलमा सघाएका थिए ।
१६ रनमा २ विकेटको पतन भएको अवस्थापछि यी दुई मिलेर ब्याङ्गलोरको लागि १२० रनको शतकियर साझेदारी गरेका थिए ।
बलिङ्गमा मुम्बईका लागि जेसन बेह्रनडर्फले ३ तथा क्यामेरोन ग्रिन, क्रिस जोर्डन र कुमार कार्तिक्यले समान एक एक विकेट लिए ।
यसपछि जवाफी ब्याटिङ्गमा उत्रिएको मुम्बईले २०० रनको लक्ष्य ४ विकेट गुमाउँदै १६.३ ओभरमा पुरा गर्याे । यससँगै मुम्बईले आफ्नो घरेलु मैदानमा ब्याङ्गलोरलाई लगातार चौथो पटक हराएको हो ।
उसका लागि सूर्यकुमार यालवले ताबडतोड ब्याटिङ्ग गर्दै ३५ बलमा ८३ रन बनाए । उनलाई अर्काे छेउबाट नेहाल वाधियाले शानदार साथ दिदै ३४ बलमा नटआउट ५२ रनको पारी खेले ।
यी दुईले मुम्बईका लागि १४० रनको शतकिय साझेदारी गर्दै मुम्बईलाई सहज जित दिलाए ।
यसबाहेक ईशान किशनले २१ बलमा ४२ रनको योगदान गरे ।
ब्याङ्गलोरका लागि बलिङ्गमा वानिन्दु हसरङ्गा र विजयकुमार वैशाकले समान २–२ विकेट हात पारे ।
ब्याङ्गलोरले मुम्बईसँग वान्खेडेमा ९ खेल खेल्दा ६ मा हार र ३ मा मात्र जित निकाल्न सकेको छ । पछिल्लोपटक यो मैदानमा ब्याङ्गलोरले सन् २०१५ मा जित हासिल गरेको थियो ।
जितसँगै ११ खेलमा १२ अंक जोडेर मुम्बई अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने हारको सामना गरेको ब्याङ्गलोर समान खेलमा १० अंकका साथ सातौं स्थानमा छ ।
प्रतिक्रिया