
काठमाडौं।सहिद स्मारक ए डिभिजन लिग २०७९ अन्तर्गत विहीबार हुने एकमात्र खेलमा जावलाखेल युवा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुँदैछन् । खेल दिउँसो ३ बजे च्यासल मैदानमा हुनेछ ।
पहिलो लेगको खेलमा फ्रेन्ड्सले जावलाखेललाई २-१ ले पराजित गरेको थियो । पछिल्लो ५ मध्य ४ खेलमा जित निकाल्न नसकेको जावलाखेलले मंगलबार मात्र हिमालयन शेर्पालाई १-० ले हराएको थियो । आत्मघाती गोलको सहयोगमा जित हासिल गरेको जावलाखेलले आफ्नो मुख्य फरवार्ड एनकोटो मासोआबीको साथ पाउनेछ । उनले पछिल्लो खेल तीन पहेंलो कार्डका कारण गुमाएका थिए ।
यता फ्रेन्ड्सले आज हुने खेलमा मिडफिल्डर डोना थापाको साथ पाउने छैन । खुमलटारविरुद्ध जितमा रातो कार्ड पाएका कारण उनी आजको खेलमा प्रतिबन्धित छन् । फ्रेन्ड्सका लागि फरवार्ड रफिक अमिनु उच्च लयमा छन् । लिगमा १० गोल गरेका उनले पछिल्लो ८ खेलमा ८ गोल गरेका छन् । फ्रेन्ड्सले पछिल्लो ५ मध्य मात्र १ खेल हारेको छ ।
प्रतिक्रिया