Pura Samachar

स्रोत नखुलेको हुन्डी करोबारको १२ लाख रुपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ

प्रकाशित: May 11, 2023
पूरा समाचार

स्रोत नखुलेको हुन्डी करोबारको १२ लाख रुपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ

पर्सा — प्रहरीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठाबाट १ भारतीय नागरिक सहित २ जनालाई स्रोत नखुलेको हुन्डी करोबारको १२ लाख रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत विहार जिल्ला पूर्वी चम्पारण ग्राम पञ्चायत भेलाही बस्ने ४० वर्षीय धनन्जयकुमार गुप्ता र बिन्दवासिनी गाउँपालिका–६ का २६ वर्षीय मुसाहेब

प्रहरीचौकी प्रसौनीभाठाबाट खटिएको टोलीले उनीहरुलाई मंगलबार साँझ ५ बजे पक्राउ गरेको हो । प्रहरीले वीरगञ्जबाट प्रसौनीभाठ्ठातर्फ जाँदै गरेको भारतीय नम्बरको बीआर ०५ एस ४७०२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकलमा सवार गुप्ताले बोकेको कालो झोलाबाट स्रोत नखुलेको नेपाली एक हजार दरका ८ सय थान र ५ सय दरका ८ सय थान नोट गरी १२ लाख रुपैयाँ फेला परेको थियो ।

मोटरसाइकल चालक आलम र गुप्तालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विरूद्धको कसूरमा बुधबार पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिइ थप अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया