Pura Samachar

पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: May 11, 2023
पूरा समाचार

पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३० नमुनामध्‍ये ८२० जनाको पीसीआर परीक्षण गर्दा १० जना र ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३० जनामा कोरोना देखिएको हो ।

योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या १२० पुगेको छ । संस्थागत आईशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

बिहीबार मात्रै ३१ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया