Pura Samachar

आज राति दिल्ली क्यापिटल्स र पञ्जाब किङ्गसबीचखेल हुँदै

प्रकाशित: May 13, 2023
पूरा समाचार

आज राति दिल्ली क्यापिटल्स र पञ्जाब किङ्गसबीचखेल हुँदै

इण्डियन प्रिमियर लिग (आईपिएल) मा आज (शनिबार) डबल हेडर्स खेल हुँदैछन् ।

आज दिनको दोस्रो खेल दिल्ली क्यापिटल्स र पञ्जाब किङ्गसबीच दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ । यो खेल साँझ ७ः४५ बजेबाट शुरु हुनेछ ।

दिल्लीले यो खेल जित्यो भने पञ्जाबमाथि टोलीको यो लगातार पाँचौं जित हुनेछ । पञ्जाबले सन् २०२० मा दिल्लीविरुद्ध अन्तिम जित हात पारेको थियो ।

यस सिजन भने यी दुई टोलि पहिलोपटक आमने–सामने हुन लागेका हुन् । प्ले-अफमा स्थान बनाउने झिनो सम्भावना रहेको दिल्लीका लागि आजको खेल निकै महत्वपूर्ण समेत रहेको छ ।

आजको पहिलो खेल सनराइजर्स हैदरावाद र लखनउ सुपरजायन्ट्सबीच हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा खेलिनेछ । यो खेल दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।

दिल्लीले यो सिजन अहिलेसम्म ११ खेल खेलेको छ, जसमा उसले चारमा मात्रै जित निकालेको छ भने ७ खेलमा हार बेहोरेको छ । १० टोलीको अंक तालिकामा ८ अंक जोडेको टोली पुछारमा छ ।

हैदरावादविरुद्ध टोलीका ४ विदेशी खेलाडी डेभिड वार्नर (कप्तान), फिलिप साल्ट, मिचेल मार्स र रिले रुसो हुन सक्छन् । यी बाहेक इशान्त शर्मा, अक्षर पटेल र कुलदीप यादव जस्ता खेलाडीले टोलीलाई बल दिइरहेका छन् ।

पञ्जाबले यो सिजन अहिलेसम्म खेलेका ११ खेलमध्ये ५ जित र ६ हारेको छ । टोलीको हाल १० अंक छ ।

दिल्लीविरुद्ध टोलीका ४ विदेशी खेलाडी नाथन एलिस, म्याथ्यु सर्ट, लियाम लिभिङस्टोन र साम करन हुन सक्छन् । यी बाहेक शिखर धवन, प्रभसिमरन सिंह र अर्शदीप सिंह जस्ता ठूला खेलाडी टोलीमा छन् ।

हेड टु हेडको कुरा गर्ने हो भने दिल्ली र पञ्जाबबीच हालसम्म कुल ३० खेल खेलिएका छन् । जसमा दुवै टोलीले १५–१५ खेल जितेका छन् ।

प्रतिक्रिया