Pura Samachar

लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग(आइपीएल)को प्लेअफ नजिक

प्रकाशित: May 13, 2023
पूरा समाचार

लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग(आइपीएल)को प्लेअफ नजिक

काठमाडौ । सनराईजर्स हैदराबादलाई पराजित गरी लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग(आइपीएल)को प्लेअफ नजिक पुगेको छ ।

हैदराबादको घरेलु मैदान राजिव गान्धि क्रिकेट स्टेडियममा लखनउ ७ विकेटले विजयी भएको हो ।

हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य लखनउले १९ दशमलब २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

लखनउका लागि प्रेरक माकन्डले ४५ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ६४ रनको अर्धशतकीय ईनिगं खेले ।

निकोलस पुरनले १३ बलमा ३ चौका र ४ छक्काको सहयोगमा सानदार ४४ रन बनाए ।

हैदराबादका लागि ग्लेन फिलिप्स,मंयक मारकन्डे र अभिषेक शर्माले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

हैदराबादका लागि हेनरिच क्लेसनले २९ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४७ रन बनाए ।

तेस्रो ओभरको पहिलो बलमा नै ओपनर अभिशेक शर्मा ५ बलमा ७ रन बनाउँदै पेभिलियन फर्किका थिए । अर्का ओपनर अनमोप्रित सिंहले २७ बलमा ७ चौकाको सहयोगमा ३६ रन बनाउँदा अमित मिश्राको बलमा मिश्राबाट नै क्याच आउट भए ।

छैटौं ओभरका लागि हेनरिच क्लेसन र अब्दुल समादले ४० बलमा ५८ रनको साझेदारी गरी टोलीलाई बलियो योगफलमा पुर्याए ।

समादले २५ बलमा १ चौका र ४ छक्काको सहयोगमा अविजित ३७ रन बनाए । कप्तान ऐडन माक्ररमले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए ।

राहुल त्रिपाटीले १३ बलमा ४ चौकाको सहयोगमा २० रन बनाए ।

लखनउका लागि कप्तान कुर्नाल पान्ड्याले २ तथा अमित मिश्रा,यश ठाकुर,युधविर सिंह र आबेस खानले समान १/१ विकेट लिए ।

जितसँगै बाह्र खेलमा ६ जित तथा ५ हारका साथ लखनउ १० टोली सहभागी लिगको चौथो स्थानमा उक्लिएको छ ।

हारसॅंगै एघार खेलमा ४ जित तथा ७ हारका साथ हैदराबाद नवौं स्थानमा कायम रहेको छ ।

प्रतिक्रिया