Pura Samachar

नेकपा एमालेका सांसद एवं सचिव टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति

प्रकाशित: May 15, 2023
पूरा समाचार

नेकपा एमालेका सांसद एवं सचिव टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति

जिल्ला अदालतले अनुसन्धान लागि उक्त म्याद दिएको हो। पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरिएको थियो।

प्रहरीले उनलाई सोमबार अदालत पेस गरेको हो। प्रहरीले अब रायमाझीलाई बयान गराउने छ। रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाहरुलाई सहयोग गरेको अनुसन्धानमा पाइएको थियो।

रायमाझीका छोरा सन्दीप रायमाझीको नाममा चेकसमेत लिएको र विचौलियाहरुसँग पटक–पटक भेटघाट र घुमफिर गरेको समेत पाइएको थियो।

 

प्रतिक्रिया