
काठमाडौं– हरेक पन्द्र दिनमा भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आउने क्रममा यसपटक आएको पेट्रोलको मूल्य घटेर आएको छ ।
भारतीय आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्य सूचि अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर नौ रुपैयाँ ५२ पैसा घटेर आएको छ भने डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ १३ पैसा घटेको छ ।भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले नेपालमा मूल्य समायोजन गर्ने कि नगर्ने भन्ने बारेमा कुनै निर्णय गरिसकेको छैन ।
प्रतिक्रिया