Pura Samachar

आइपीएलमा आज एक खेल हुदै

प्रकाशित: May 17, 2023
पूरा समाचार

आइपीएलमा आज  एक खेल  हुदै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल)मा आज बुधबार एक खेलको आयोजना हुदैछ ।

आज हुने खेलमा दिल्ली क्यापिटल्स र पन्जाब किंग्सबीच खेल हुनेछ ।

धर्मशालामा रहेको एचपीसीए क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठमा सुरु हुनेछ ।

एचपीसीए क्रिकेट स्टेडियममा २०१३ पश्चात पहिलो पटक आइपीएल खेल हुदैछ ।

पन्जाब दिल्लीलाई पराजित गरि २०१४ पछि पहिलो पटक प्लेअफ प्रवेशको सम्भावना कायमै राख्न चाहन्छ।

यस खेलमा पराजित भएमा पन्जाब यस प्रतियोगिताबाट बाहिरिने तेस्रो टिम बन्नेछ । यसअघि दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबाद प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रतियोगिताबाट बाहिरिसकेको दिल्ली पन्जाबलाई पराजित गरि अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ।

दुई टोलीबीच भएका पछिल्ला पाँच खेलमा दिल्ली बलियो देखिएको छ । दिल्ली पाँच मध्ये चार तथा पन्जाबले एक खेल जितेको छ ।

दुई टोलीबीच सिजनको दास्रो खेल हो । पहिलो खेलमा पन्जाब ३१ रनले विजयी भएको थियो ।

प्रतिक्रिया