Pura Samachar

पूर्व उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतका अभियुक्तलाई थप ३ दिन

प्रकाशित: May 17, 2023
पूरा समाचार

पूर्व उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतका अभियुक्तलाई थप ३ दिन

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर आज रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो। अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले म्याद थप गर्न माग गरेको थियो।

यस प्रकरणमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलगायत मन्त्रीका सचिवालयमा काम गरेका र परिवारकै सदस्यसमेत पक्राउ परेका छन्।

यसैगरी मोरङका सागर राई, केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया