Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: May 18, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार प्रतितोला एक लाख १० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ९ हजार सात सय रूपैयाँ कायम गरिएको छ। तेजाबी सुन आज प्रतितोला एक लाख ९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ, जसको मूल्य बुधबार प्रतितोला एक लाख ९ हजार पाँच सय कायम थियो।

चाँदीको मूल्य भने स्थिर छ। बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ७० रूपैयाँ कायम छ।

प्रतिक्रिया