
काठमाडौं सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार हिमालयनले विभागीय टोली एपीएफ क्लबलाई ३-२ गोल अन्तरले हराएको हो ।
हिमालयनको जितमा खामिर गिल्सन,पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले एक एक गोल गरे ।
एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले एक एक गोल फर्काए ।
खेलको सातौं मिनेटमा गिल्सनले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए ।
१८ औं पिस्टनले गोल गर्दा हिमालयन २-० ले अघि रह्यो ।
खेलको ५१ औं मिनेटमा अबायोमीले गोल गर्दै हिमालयनलाई ३-० को अग्रता दिलाए ।
खेलको ८७ औं मिनेटमा सनिशले गोल गर्दै एपीएफलाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा युबराजले गोल गरेपनि एपीएफ ३-२ ले पराजित भयो ।
हिमालयनको यो छैटौं जित हो ।
हिमालयनले १९ खेलमा २४ अंक जोडेको छ ।
हिमालयन सातौं स्थानमा रहेको छ।
एपीएफले १९ खेलमा २२ अंक जोडेको छ ।
एपीएफ ११ औं स्थानमा रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आर्मीले एफसी खुमलटारसँग २-२ गोलको बराबरी खेलेको हो ।
आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक एक गोल गरे ।
खुमलटारका मेसुके ओलुमोउ र स्टेफेन समिरले एक एक गोल गरे ।
प्रतिस्पर्धात्मक खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा आर्मीले बराबरी खेल्नु परेको हो ।
खेलको १४ औं मिनेटमा जगजितले फ्रिकिक मार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ३५ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५१ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै खुमलटारलाई २-२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै आर्मीले १९ खेलमा २६ अंक जोडेको छ । आर्मी पाँचौं स्थानमा रहेको छ ।
खुमलटारले १९ खेलमा १८ अंक जोडेको छ । खुमलटार पुछारमा रहेको छ।
प्रतिक्रिया