Pura Samachar

चेन्नई प्लेअफमा

प्रकाशित: May 21, 2023
पूरा समाचार

चेन्नई प्लेअफमा

काठमाडौँ । चेन्नई सुपर किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ । शनिबार दिल्ली क्यापिटल्सलाई ७७ रनले पराजित गर्दै चेन्नईले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

चेन्नईले दिएको २२४ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १४६ रन बनाएको हो ।

दिल्लीका लागि कप्तान डेभिड वार्नरले सर्बाधिक ८६ रन बनाएका थिए भने अक्सर पटेलले १५ र यश धुलले १३ रन बनाएका थिए । यी बाहेक दिल्लीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

चेन्नईका बलर दीपक चहरले ३ विकेट लिए भने महीश थीकशाना र मथीशा पथीरानाले २-२ विकेट लिएका थिए । त्यस्तै तुसार देशपाण्डे र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाउदै २२३ रन बनाएको थियो ।

चेन्नईका लागि डेभोन कोनवेले सर्बाधिक ८७ रन बनाए भने रुतुराज गायकवाडले ७९ रन बनाएका थिए । दुवैले पहिलो विकेटका लागि १४१ रनको शानदार साझेदारी गरेका थिए ।

त्यस्तै शिभम दुवेले २२ रन बनाए भने रविन्द्र जडेजाले अविजित २० रन बनाए भने कप्तान महेन्द्र सिंह धोनीले अविजित ५  रन बनाए ।

त्यस्तै दिल्लीका बलर खलिल अहमद, एनरिच नोर्त्जे र चेतन साकरियाले एक एक विकेट लिएका थिए ।

यो जितसँगै चेन्नईले लिग चरणका आफ्ना सबै १४ खेल खेल्दै १७ अंक हासिल गरेर प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । चेन्नई अहिले अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै दिल्लीले भने यस सिजनमा नवौं हार बेहोरेको छ । दिल्लीले १४ खेलमा ५ जित र ९ हारसहित १० अंकसहित नवौं स्थानमा रहेर युस सिजनको अन्त्य गरेको छ ।

प्रतिक्रिया