
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा बुधबार आठौँ चरण अन्तर्गत तीन खेल हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ।
२० खेलमा २९ अंक जोडेर पाँचौँ स्थानमा रहेको आर्मी आठौँ जितको योजनामा छ। एनआरटी छैटौँ जितको खोजीमा हुनेछ। एनआरटी २० खेलमा २३ अंक जोडेर ११ औँ स्थानमा छ।
यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे शुरु हुने खेलमा एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। २० खेलमा २३ अंक जोडेर १० औँ स्थानमा रहेको एपीएफ सातौँ जितको योजनामा छ। २० खेलमा २३ अंक जोडेर १२ औं स्थानमा रहेको संकटा छैटौँ जितको योजनामा रहेको छ ।
यस्तै दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। २० खेलमा ३३ अंक जोडेर तेस्रो स्थानमा रहेको जावलाखेल दशौँ जितको खोजीमा हुनेछ।
मच्छिन्द्र २० खेलमा ३४ अंक जोडेर मच्छिन्द्र पनि दशौँ जितको योजनामा छ।
प्रतिक्रिया