Pura Samachar

पूर्वोत्तर भारतमा निरन्तर पानी पर्ने संभावना

प्रकाशित: May 24, 2023
पूरा समाचार

पूर्वोत्तर भारतमा निरन्तर पानी पर्ने संभावना

डा हरिमोहन पोखरेल

कोहिमा /भारतको पूर्वोत्तर सिमान्त एरियामा निरन्तर रूपमा पानी पर्ने कुरा भारतीय मेत्रोलोजिकल डिपार्टमेन्टले जनाएको छ ।
पूर्वोत्तरका केही राज्यहरू असम मणिपूर नागाभूमि र मिजोरम र त्रिपूरामा समेत निरन्तर पानी पर्ने छ ।
बिभागका अनुसार हाल सम्म मानसुन आउने संभावना त छैन तर पनि पानी पराईको निरंतरता रहनेछ ।
विभागले अगाडि जनाए अनुसार काहीं भने मुस्लाधार पानी पर्ने भने काहीं आधी तूफान सम्म आउने संभावना देखाएको छ ।
यस बर्ष भने खेती पाती राम्रो हुने पनि बताएको छ ।
यो समाचार लेखुन्जेल सम्म कोहिमा लगायत अन्य ठाँउमा पानी परेको खबर छ ।

प्रतिक्रिया