Pura Samachar

ए डिभिजन लिग: एपिएफ र एनआरटी विजयी

प्रकाशित: May 24, 2023
पूरा समाचार

ए डिभिजन लिग: एपिएफ र  एनआरटी विजयी

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत एपिएफ फुटबल क्लब विजयी भएको छ ।

बुधबार च्याशल रंगशालामा भएको खेलमा एपिएफले संकटा क्लबलाई २–१ गोलले पराजित गरेको हो । एपिएफका लागि आवाश लामिछानेले दुई गोल गरे ।

उनले खेलको २४ औं र दोश्रो हाफको इन्जुरी समयमा एक गोल थपे । संकटाका लागि मनिस डांगीले एक गोल गरे । उनले ५० औं मिनेटमा गोल गरेका हुन् ।

यो जितसँगै एपिएफले ३ अंक जोडेको छ । एपिएफको २१ खेलबाट २६ अंक भएको छ । समान खेल खेको आर्मीको २३ अंक रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार आर्मीलाई न्युरोड टिम एनआरटीले १-० गोल अन्तरले हराएको हो ।

एनआरटीको जितमा कृतिस रत्न छुन्जुले निर्णायक गोल गरे ।

उनले खेलको ७९ औं मिनेटमा गोल गरे ।

एनआरटीको यो छैटौं जित हो । एनआरटीले २१ खेलमा २६ अंक जोडेको छ ।

आर्मीले २१ खेलमा २९ अंक जोडेको छ ।

प्रतिक्रिया