बुधबार सुन तोलामा ६ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य चार दिनदेखि घटिरहेको छ। बिहीबार तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार मूल्य तय भएको छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला १३ सय ६० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १९५८.२३ अमेरिकी डलरमा आइपुगेको छ। चाँदी प्रतिऔंस २३.०७ डलरमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतिऔंस १९७८.२२ डलर र चाँदी प्रतिऔंस २३.४६ डलर थियो।













प्रतिक्रिया