Pura Samachar

आइपिएलको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच भिडन्त हुदै

प्रकाशित: May 26, 2023
पूरा समाचार

आइपिएलको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच भिडन्त हुदै

काठमाडौँ । जारी आइपिएलको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच भिडन्त हुदै छ । यो खेल अहमदाबादमा नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदै छ ।

यो खेलको विजेता फाइनलमा पुग्ने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ ।

यो स्टेडियम गुजरात टाइटन्सको घरेलु मैदान हो । दुवै टोलीसँग गुणस्तरीय खेलाडी छन्, त्यसैले फ्यानहरू उत्कृष्ट खेलको अपेक्षा गरिरहेका छन् ।

मुम्बईका लागि अहमदाबादमा हार्दिक पाण्ड्याको टोलीलाई हराउन सजिलो नहुनेमा कुनै शंका छैन । तर, पछिल्ला केही खेलमा मुम्बई इन्डियन्सले जसरी खेलेको छ, त्यसले अब उनीहरुको च्याम्पियन बन्ने सम्भावना बढेको छ । यसका बावजुद, तालिकाको शीर्ष स्थानमा रहेको गुजरातसँग धेरै खेल विजेता छन् जसले मुम्बईलाई कडा प्रतिस्पर्धा दिनेछन् ।

नरेन्द्र मोदी स्टेडियमको पिचलाई ब्याट्सम्यान मैत्री मानिन्छ। चेन्नईको एमए चिदम्बरम स्टेडियमबाट बिल्कुल उल्टो वातावरण हुनेछ । यस मैदानको पिच फास्ट बलरहरूको लागि गति र बाउन्स छ भने, आउटफिल्ड पनि छिटो हुनेछ । एक लाख मानिस अट्ने यो स्टेडियम स्पिनरहरूका लागि खासै सहयोगी मानिदैन, तर राशिद खान र पियुष चावला जस्ता स्पिनरहरू जुनसुकै मैदानमा विकेट लिन माहिर मानिन्छन् । यद्यपि, यदि यो रातो माटोको पिचमा हुन्छ भने स्पिनरहरूले मद्दत पाउन सक्छन्। बाउन्ड्री अलि ठुलो भएकोले छक्का त्यति धेरै नदेख्न पन सकिन्छ ।

यस मैदानमा अहिलेसम्म आइपिएलका २५ खेल भएका छन्, जसमा पहिला ब्याटिंग गर्ने टिमले १२ खेल जितेका छन् भने रन चेज गर्ने टिमले १३ खेल जितेका छन् । यस मैदानको पहिलो इनिंगको औसत रन १६८ रहेको छ । यस मैदानमा अहिलेसम्म यसै सिजनमा गुजरातले लखनउविरुद्ध सर्बाधिक २२७ रन बनाएको थियो ।

त्यस्तै यस मैदानमा गुजरातले अहिलेसम्म खेलेका ८ आइपिएल खेलमा ५ जितेको छ भने ३ खेल हारेको छ । त्यस्तै मुम्बई इण्डियन्सले यस मैदानमा अहिलेसम्म आइपिएलका ३ खेल खेलेको छ, जसमा एक जितेको छ र २ खेलमा हार बेहोरेको छ ।

आइपिएलमा दुवै टीमबीच अहिलेसम्म भएका तीन खेलमा मुम्बईले २ जितेको छ भने गुजरातले एक खेल जितेको छ ।

डेवाल्ड ब्रुइस, पियुष चावला, टिम डेभिड्स, राघव गोयल, क्यामरन ग्रीन, इशान किशन, ड्वेन जोन्सन, कुमार कार्तिकेय, आकाश मधवाल, शम्स मुलानी, रमनदीप सिंह, ऋतिक शौकीन, ट्रिस्टन स्टब्स, अर्जुन तेन्दुलकर, तिलक वर्मा, विष्णु विनोद, नेहल वढेरा, सूर्यकुमार यादव, सन्दीप वारियर, रिले मेरिडिथ र क्रिस जोर्डन ।

गुजरात टाइटन्सको टिम: हार्दिक पाण्डेय (कप्तान), श्रीकर भरत, अल्जारी जोसेफ, जोशुआ लिटिल, अभिनव मनोहर, डेभिड मिलर, दर्शन नाल्कांडे, मोहम्मद शामी, नूर अहमद, उर्विल पटेल, राशिद खान, ऋद्धिमान साहा, रविश्रीनिवासन साई किशोर, साई सुदर्शन, प्रदीप सांगवान, विजय शंकर, मोहित शर्मा, शिवम मावी, शुभमन गिल, ओडियन स्मिथ, राहुल तेवाटिया, म्याथ्यू वेड, जयंत यादव, यश दयाल, दासुन शनाका

प्रतिक्रिया