Pura Samachar

सहिद स्मारक ‘ए’ डिभिजन लिग:मछिन्द्र फुटबल क्लबकाे सहज जित ,थ्री स्टार र संकटा क्लबले बराबरी खेल्दै अंक बाडे

प्रकाशित: May 31, 2023
पूरा समाचार

सहिद स्मारक ‘ए’ डिभिजन लिग:मछिन्द्र फुटबल क्लबकाे सहज जित ,थ्री स्टार र संकटा क्लबले बराबरी खेल्दै अंक बाडे

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।

एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।

मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिक गोल गरे ।

सातदोबाटोका जोर्डन पुन मगरले एक गोल फर्काए ।

खेलको १७ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए ।

खेलको ५६ मिनेटमा ओलावालेले ह्याट्रिक पूरा गर्दै मछिन्द्रलाई ३-० अग्रता दिलाए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा सातदोबाटोका जोर्डनले गोल गरेपनि मछिन्द्र ३-१ ले विजयी भयो ।

मछिन्द्रको यो दशौँ जित हो । जितसँगै मछिन्द्र लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

मछिन्द्रले २३ खेलमा ३९ अंक जोडेको छ ।

सातदोबाटो २३ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

थ्री स्टार र संकटा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

च्यासल मैदानमा बुधबार भएको खेलमा थ्री स्टार र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै थ्री स्टारले २३ खेलमा २७ अंक जोडेको छ ।

थ्री स्टार ११ औं स्थानमा रहेको छ ।

संकटाले २३ खेलमा २७ अंक जोडेको छ ।

संकटा १२ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया