Pura Samachar

सुनको मूल्यले रेकर्ड कायम गर्दै

प्रकाशित: June 2, 2023
पूरा समाचार

सुनको मूल्यले रेकर्ड कायम गर्दै

काठमाडौं। चार दिनदेखि फेरि बढ्न थालेको सुनको मूल्यले ब्याक टु ब्याक रेकर्ड कायम गर्दै गएको छ।

साताको अन्तिम दिन पनि तोलामा ८ सय रुपैयाँ बढेको छ। शुक्रबारको कारोबार मूल्य सुन प्रतितोला एक लाख १३ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो। सोमबार बजेट भाषणपछि सुनको मूल्य क्रमिक बढ्दै चार दिनमा तोलामा ५ हजार रुपैयाँ बढिसकेको छ।

अघिल्लो दिनभन्दा ५ सय बढ्दा बिहीबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बढ्दै प्रतितोला १४ सय ३५ रुपैयाँ पुगेको छ। अघिल्लो दिनको भन्दा शुक्रबार तोलामा २५ रुपैयाँले बढेको हो। बुधबारभन्दा २० रुपैयाँ बढ्दा बिहीबार प्रतितोला १४ सय १० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १९७९.६७ डलरमा कारोबार भइरहेको छ भने चाँदी २३.९२ डलर छ।

प्रतिक्रिया