Pura Samachar

थ्री स्टार क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडे

प्रकाशित: June 3, 2023
पूरा समाचार

थ्री स्टार क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडे

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार र एपीएफ क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

थ्री स्टारका लागि सुनिल तामाङ र एपीएफका मणि कुमार लामाले एक एक गोल गरे ।

रोमान्चक खेलमा सुरुआती अग्रता भने एपीएफले बनाएको थियो ।

खेलको २३ औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ८६ औं मिनेटमा सब्सिच्युड खेलाडी सुनिलले गोल गर्दै थ्री स्टारलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै थ्री स्टारले २४ खेलमा २८ अंक जोडेको छ ।

एपीएफले २४ खेलमा ३० अंक जोडेको छ ।

प्रतिक्रिया