Pura Samachar

नापोलीलाई इटालियन सिरी ए फुटबलको उपाधि

प्रकाशित: June 5, 2023
पूरा समाचार

नापोलीलाई इटालियन सिरी ए फुटबलको उपाधि

काठमाडौं । इटालियन सिरी ए फुटबलको च्याम्पियन नापोलीले सिजनको अन्तिम खेलमा जित निकालेको छ ।

आइतबार राति साम्पडोरियालाई २-० गोल अन्तरले हराउँदै नापोलीले सिजनको सुखद अन्त्य गरेको हो ।

नापोलीलाई जित दिलाउन भिक्टर ओसिम्हेन र जियोभानी सिमोनले एक एक गोल गरे ।

खेलको ६४ औं मिनेटमा भिक्टरले पेनाल्टीमार्फत गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा जियोभानीले गोल गर्दै नापोलीलाई २-० को जित दिलाए ।

जितपछि नापोलीलाई उपाधि ट्रफी प्रदान गरिएको थियो ।

नापोलीले ३३ वर्षपछि सिरी ए लिगको उपाधि जितेको हो ।

यस अघि नापोलीले १९९० मा सिरी ए उपाधि जितेको थियो ।

यस जितसँगै नापोलीले ३८ खेलमा ९० अंक जोड्यो ।

साम्पडोरिया १९ अंक जोडेर पुछारमा रहदै रेलिगेसनमा परेको छ ।

प्रतिक्रिया