Pura Samachar

प्रशिक्षक मोन्टी देशाइसँगै सन्दीप लामिछाने आज अफ्रिका जाँदै

प्रकाशित: June 5, 2023
पूरा समाचार

प्रशिक्षक मोन्टी देशाइसँगै  सन्दीप लामिछाने आज अफ्रिका जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् ।

अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देशाइसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन ।

काठमाडौँ जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपवाद’ का रूपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो ।

नेपालले ८ जुनमा स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा वार्मअप खेल खेल्नेछ। त्यसपछि नेपाली टोली जिम्बाबे जानेछ। जिम्बाबेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ।

प्रतिक्रिया