Pura Samachar

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित: June 5, 2023
पूरा समाचार

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँ कायम छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

आइतबार प्रतितोला एक हजार ४ सय १५ रूपैयाँ कायम रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया