Pura Samachar

सुनचाँदीको मूल्यमा वृद्धि

प्रकाशित: June 6, 2023
पूरा समाचार

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला ९ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९ सय ५० रूपैयाँ कायम छ।

चाँदीको मूल्य तोलामा पाँच रूपैयाँले बढेर मंगलबार प्रतितोला एक हजार ४ सय २० रूपैयाँ कायम छ।

प्रतिक्रिया